विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियोःमोल्फा बजार

जेठ ३०,कालिकोट। जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर ६ को मोल्फा बजारमा पहिलो पटक रास्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कालिकोटका प्रमुख नारायण पौडेलको पहल र वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश बहादुर शाहीको बिषेश  पहलमा पहिलो पटक रास्ट्रिय प्रसारण लाइन जोडिएको हो।

सोमवार एक कार्यक्रमका बिच मोल्फा बजारमा विद्युतको राष्ट्रिय प्रसारणको बत्ति बालेर उद्घाटन समेत गरिएको छ। अन्धकारमा रहेका खाँडाचक्र नगरपालिका वडानम्बर ६ का प्रत्यक नागरिको घरमा रास्ट्रिय प्रसारण लाईनको विद्युत प्रयोग गर्न पाउने गरि अहिले काम भईरहेको वडा अध्यक्ष दिनेशबहादुर शाहीले जानकारि दिए।

वडाका सबै बस्तीमा विद्युतको लाईन जडानको काम भईरहेको बताईएको छ।नवनिर्वाचित वडा अध्यक्ष दिनेशबहादुर शाहीले जनताको शिक्षा,स्वास्थ्य, खानेपानि, यातायात लगाएतको क्षेत्रमा आगामि दिनमा काम गदै जाने बताएका छन्।