
असार ७ ,कालिकोट । कालिकोट जिल्लाको सदरमुकाम मान्ममा ब्यवस्थीत गाडी पार्किङ नहुदा वजारमा आउजाउ गर्न समेत समस्या हुदै आएको छ । निजि तथा भाडाका सवारी साधन वजारमै पाकिङ गर्दा लामो दुरीका यातायातका साधनलाई चल्न समस्या हुने गरेको छ ।
आईतवार काठमाण्डौ जुम्लाको रात्री वस मान्मको जिरो प्यवाईन्टमा एक घण्टा रोकिन पुग्यो । वजारमा दुवै तर्फ पाकिङ गरि राखिएका यातायातका साधनका कारणले रात्री बस जाने सडक वन्द हुदा पैदलयात्रीलाई समेत समस्या भएको थियो ।
एक घण्टा सम्म बसले हरन लगाउदा प्रहरी आयो र सडक छेउमा पार्किङ गरिएका यातायातका साधनलाई हटाएपछि बल्ल रात्री बसले पालो पायो । जिल्ला ट्फिक कार्यालय कालीकोटले वजारमा गरिने पार्किङ हटाउने अभियान चलाउदा मात्र गाडी चालकले पार्किङ गदैनन । तर केही दिन पछि पुन पार्किङ गर्ने भएकाले समस्या हुने गरेको ब्यापारीको समेत गुनासो छ ।
जिरोप्वाईन्टमा ब्यापार गदै आएका अशोक चौलागाईले यस्तो दुख कति हुन्छ कति भन्दै अव त वानी परिसकेको सुनाए। हार्डवयरका ब्यापारी चौलागाईले कहिले जस्तापाता ल्याउदा गाडीवाट झार्ने सम्मको ठाउँ वजारमा नहुने गरेको सुनाए ।
सबै भन्दा लापर्वाही बोलेर र साना फोर्स गाडीका चालकले गर्ने गरेको उहाँको भनाई छ । साथै अटो चालकले पनि जहाँ पायो त्यही पार्किङ गर्ने हुदा बजार पुरै जाम हुने गरेको छ । उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनवहादुर शाहीले यातायातका साधनका साथै निमार्णका सामाग्री पनि वजारमा जथाभावी राखेका कारणले झन वजार कुर हुदै आएको गुनासो सुनाए।
घर निमार्ण गर्नेहरुले सिमेन्ट, सरियाका साथै इट्टा ढुङगा थुपारेका कारणले साँगुरो वजारमा आउजाउ गर्न थप सास्ती भएको छ । कसैले कुरा सुन्दैनन । किन हामीले घर नवाउने भनेर भन्छन । प्रशासन मौन छ अध्यक्ष शाहीले भने । उता जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले वजारमा पार्किङ गरिएका गाडी प्रहरी लगाएर तत्काल हटाउने बताए । उनले अन्य भाडादर लगाएत बिषयमा पनि सरोकारवालासंग छलफल गरेर निर्णयमा पुग्ने बताए ।
वजारको अस्तब्यस्त निमार्ण सामाग्री थुपार्ने र वजारमै यातायातका साधन पार्किङ गर्दा मान्म बजार कुर मात्र भएको छैन । सबैलाई आउजाउ गर्न सकेत कठिन हुदै आएको छ । मान्मको ताडीमा गाडी पार्किङका लागी बस पार्क निमार्ण भएपनि त्यहाँ कोही पनि जादैनन ।



karnalipress
७ असार २०७९, मंगलवार १९:०१