
नवराज, महतारा भाद्र,६ कठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पिरामिड शैलीमा राजनीति गरेको बताएका छन् ।शनिबार कर्णालीका सञ्चारकर्मीसँगको भेटमा पूर्व पधानमन्त्री समेत रहका अध्यक्ष ओलीले पार्टीको नेतृत्व सम्हालेको देशको प्रधानमन्त्री भएको व्यक्तिले माथि (केन्द्रका) फुकेको, तल (गाउँ स्तरमा) सुकेको सोली अर्थात पिरामिड शैलीको राजनीतिमा लागेकाले त्यसको परिणाम निकट भविष्यमै देखिने प्रतिक्रिया दिए ।
एमाले विभाजन गरेर नेकपा एकिकृत (समाजवादी) पार्टी दर्ता प्रक्रियामा लागेका नेता नेपालको मतदाता स्तरमा संयन्त्र नभएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले माधव नेपालको केन्द्र स्तरमा फुकेको भएपनि स्थानीय स्तरका मतदातामा प्रभाव नभएको बताएका छन् ।
पछिल्लो समय माधव नेपालको राजनीति पिरामिड शैलीमा गएको छ’ अध्यक्ष ओलीले भने, ‘गाउँस्तरका नेता तथा कार्यकर्ता कुनैले साथ दिएका छैनन् तर केन्द्रमा पुरै नेकपा एमाले पार्टी आफैले थेगेजसरी कुर्लेर हिडिरहेका छन् । माथि (केन्द्र र नेता स्तरमा) फुकेको, गाउँ (मतदाता र कार्यकर्ता) स्तरमा सुकेको सोली प्रकारको राजनीतिले सिमति समयमा लागि स्वार्थ दिलाएपनि दिर्घकालिन हिसाबले टिक्न सक्दैन् ।’
पार्टी विभाजनको विषयमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग जिल्ला तहमा कार्यकर्ता नभएको बताएका छन् । केन्द्रमा पदको लोभमा परेका, अरूको ईसरामा परेर नेकपा एमालेलाई धोका दिने सोच बनाएका केही काठमाडौँ केन्द्रित नेताहरु मात्रै भएको दावी ओलीले गरे । माओवादी र कांग्रेसको बुइ चढेर काठमाडौंमा ठूलौ स्याल हुइया मच्चाएपनि प्रदेश, जिल्ला, वडा र वस्तीमा खट्ने एमालेका बफादार कार्यकर्ताहरू माउ पार्टीबाट कतै विचलित नभएको उनले बताए ।
‘अहिले अरु पार्टीका कार्यकर्ता ल्याएर भेला, गोष्ठीमा केहि जमात देखाएको भएपनि माधव नेपाल समुह केही दिनभित्र सानो रूपमा खुम्चीदै जान्छ । आगामी चुनावमा नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने क्षमता कसैसँग नहुने भएकोले अहिले देखिनै विभिन्न बहानामा गठ जोडको खेल सुरु भएको मात्रै हो । यसमा पार्टीका कुनै नेता÷कार्यकर्ताले किञ्चित चिन्ता मान्नु पर्दैन’ उनले थपे ।
नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय सदस्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य नावराज महतारा, प्रेस चौतारी कर्णाली प्रदेश सह–इन्चार्ज एवं केन्द्रिय सदस्य विष्णु शर्मा, कर्णाली प्रदेशका पूर्व संयोजक नरेश भण्डारी, कालीकोट जिल्ला अध्यक्ष पवित्रकुमार शाहीले भेट गरेका थिए । कर्णालीको पत्रकारिता विकासमा राज्यले स्पष्ट नीति निर्माण गरेर काम गर्न सकेमा अझै प्रभावकारी हुने पत्रकार नेताहरूले सुझाव दिएका छन् ।



karnalipress
६ भाद्र २०७८, आईतवार २१:१६