हुरेन्डेक नेपाल २६ वर्षमा प्रवेश

साउन १६,कालिकोट। मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल २६ वर्षमा प्रवेश गरेको छ । गैर-सरकारी संथा हुरेन्डेक नेपालले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको छ ।

समाजको हरेक बिकाश निमार्ण संग जोडिएर कालिकोट जिल्लामा बिगत २५ वर्ष लामो समय देखि काम गदै आएको संथाले सोमवार आफ्नो जन्म उत्सब मनाएको हो।

संथाले लामो समय देखि जिल्लामा रही समाज रुपान्तरणको क्षेत्रमा राम्रो कामगदै आएको बताउदै नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले जन्म उत्सबको शुभकामना दिए।

कार्यक्रममा मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाहीले यो लामो यात्रामा सहयोग पुगाउने सम्पुर्ण प्रती धन्यवाद दिदै आगामि दिनमा हुरेन्डेक नेपालले गर्ने हरेक कार्यमा सहयोग गर्ने अपेक्षा ब्यक्त गरे। कार्यक्रममा जिल्लाका सम्पुर्ण पत्रकारको सहभागिता रहेको थियो।