पुल चढ्न भर्‍याङ

कार्तिक १४, कालिकोट। कर्णालीको उर्लिदो वाढीले क्षदबिच्छद भएको जिते बजारको झुलुङ्गे पुलमा कसैको पनि नजर नपुगे पछि स्थानिय नरजंङ मल्लको पहलमा काठको भर्‍याङ चढेर हिड्न मिल्ने बैकल्पीक पुल निमार्ण भएको छ।

गत असोज १९ गतेबाट परेको अबिरल बर्षाले पुल सबै वगाएको थियो । पुलका लठ्ठा मात्र बाँकीरहदा पनि कसैको त्यस पुल प्रति ध्यान नगएपछि आफुले नागरिकको सहज यात्राको लागि भर्‍याङ चढेर भएपनि हिड्न मिल्ने पुल तयार पारेको स्थानिय नरजंङ मल्लले बताए।

दैनिक सयौं यात्रुहरुले ओहोरदोहोर गर्ने सो पुलको जितेगढा बजार क्षेत्रतर्फ नदिको बहाबले गर्दा पुलमा लठ्ठा बाहेक केही बाँकी नराखेपछि बाँकी खण्डखाली छोडेर पुललाई भर्‍याङको सहारा दिइएको छ ।

भर्‍याङ बनेपछि यात्राकालागि केही सहजता आएपनि सम्बन्धित निकायबाट तत्कालै पुल मर्मत गरिन आवश्यक रहेको स्थानीयहरु बताउँछन् ।

सो पुलबाट कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका,सान्नित्रिवेणी गाउँपालिका,पचालझरना गाउँ पालिका,रास्कोट नगरपालिका,पलाता गाउँपालिकाको साथै,बाजुरा जिल्ला र हुम्ला जिल्लाबासीहरुले नियमित यात्रा गर्दै आएका छन् ।

यो भर्‍याङ बनाउन ब्यााक्तिगत दुईलाख लगानि लागेको स्थानिय नरजंङ मल्लले भनाइ छ। उनका अनुसार स्थानिय सरकारले सहयोग नगरेको बताईएको छ