तिलागुफामा आँखा उपचार केन्द्र स्थापना

ललित विष्ट माघ ९, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना भएको छ। नगरपालिकामै आँखा उपचार केन्द्र स्थापना भएपछि स्वास्थ्य सेवाबाट बन्चित तिलागुफा वासीले अवदेखी थप आँखा सम्बन्धि सेवा पनी पाउने भएका हुन्।

समान्य बिराम लाग्दा समेत जिल्ला अस्पताल मान्ममा आउनु पर्ने बाध्यतामा रहेका तिलागुफा वासीहरुले नगर अस्पताल संचालन भएदेखी गाउँमै स्वास्थ्य सेवा पाउदै आएका छन् । नगरले थप अस्पतालमा आँखा सम्बन्धि सेवा सुरु गरेपछी जिल्ला अस्पताल मान्म धाउनु पर्ने अवस्थाबाट तिलागुफा बासीले मुक्ती पाएका छन्।

नेपाल नेत्रज्योती संघ कर्णाली प्रदेशको १५ लाख बरावरको स्वास्थ्य सामाग्री सहयोगमा अस्पतालमा प्रथामिक उपचार केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले आँखा उपचार सेवाको उद्धाटन गर्दै अव तिलागुफा बासीले स्वास्थ्य सेवाबाट कसैले पनी बञ्चित हुनु नपर्ने बताए ।

कालिकोटको तिलागुफा नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणले आँखा रोगको उपचार गर्न पाएका छन्। गाउँमा धुलो र धुवा हुने आँखाका बिरामीको संख्या बढेको छ। पहिले नेपाल नेत्र ज्योति संघले गाउँमा वर्षमा एक दुइ पटक शिविर राखेर मात्र आँखाको उपचार तथा अप्रेशन गर्ने गरेको थियो । अब आँखाको रोगीको प्रकृतिको आधारमा नगरपालिकामै आखाँको उपचार देखी अप्रेशन गर्न पाउने नगरपालिकाले जनाएको छ ।