कालीकोटका ६ जना उत्कृष्ट कृषक पुरस्कृत

ललित विष्ट,
असार १४, कालीकोट ।
प्रोत्साहत स्वरुप कालीकोटका ६ जना किसानलाई पुरुस्कृत गरिएको छ। कृषितर्फ तिन र पशुपंक्षीतर्फ तिन जना गरी ६ जना किसान मुख्यमन्त्री उत्कृष्ठ कृषक पुरस्कारबाट पुरुस्कृत गरिएको हाे। उत्कृष्ट किसानलाई शुक्रबार एक कार्यक्रमकाबीच प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको छ।

कृषि तर्फबाट रास्कोट गरपालिकाका-९ का पुष्पराज बरालले प्रथम पुरस्कार पाएका छन् । उनी अहिले व्यवसायिक रुपमा कृषि विषयको अध्ययान गरी कृषि पेशामा संलग्न छन्। त्यस्तै,खाँडाचक्र नगरपालिका-६ का बिकाश शाहीले द्धितिय पुरस्कार पाएका छन् । उनीले ८ रोपनी क्षेत्रफलमा स्याउ ३ रोपानीमा ओखर खेती गरेर पुरस्कार पाएका हुन्। । यस्तै तृतीयमा भने रास्कोट नगरपालीका -१ की चरना धमला पुरस्कृत भएकी छन् । उनले पनी फलफु बगैचा र २० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएकी छन्।

 वास्तविक किसान नछुट्ने र नक्कली किसान नपर्ने गरी तथा पहिले पुरस्कृत भएका किसान नदोहोरिने मापदण्ड अनुसार किसानको छनोट गरिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताए।

पुरस्कारले व्यवसायप्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको किसान पुष्पराज बरालले बताए । उनले अनुदानमुखी भन्दा पनि किसानको उत्पादनमुखी र आत्मनिर्भरमा कृषिका कार्यक्रम हुनुपर्नेमा जोड दिए ।

यस्तै पशुपंक्षीतफ भने प्रथममा कल बहादुर कार्की, द्धतिय बलरुप थापा र तितृयमा बलिराज विष्ट पुरस्कृत भएको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ।

जिल्ला कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयको संयुक्त आयोजनामा ६ जना उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको पशु सेवा कार्यालय कालीकोटका प्रमुख धनबहादुर महतले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुन्ने र उत्पादन वृद्धिमा टेवा पुग्ने बताए । सरकारको लगानी अनुसार कृषि र पशुपालन क्षेत्रबाट अपेक्षित उपलब्धि नभएको उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले कृषिमा युवा आर्कषण बढ्दो क्रममा रहेकोले स्थानीय तहले युवामैत्री नीति निर्माणमा जोड दिनुपर्ने बताए । किसानको उत्पादन वृद्धिमा जोड दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रथमहुने लाई ४० हजार द्वितृय हुनेलाई ३० हजार र तृतीयलाई २० हजार नगद प्रदान गरिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटका सूूूचना अधिकारी रामाकान्त खनालले जानकारी दिए।