नरहरिनाथ गाउँपालिकाकाे वडा न १ मा स्क्रब टाइफसकाे ७ जनाकाे परिक्षण गर्दा ५ जनामा पुष्ठि ।

चन्द्र प्रसाद भट्टराई/सुर्खेत कालिकोट जिल्लाकाे नरहरिनाथ गाउँपालिकाकाे स्वास्थ्य चाैकि काेटबाडामा आज डेङ्गि र स्क्रब टाइफस राेगकाे केस डिटेक्सन तथा अन्तक्रियात्मक कार्यक्रम सम्पन भयकाे छ।याेगि नरहरिनाथ आधारभुत अस्पताल मा कार्यरत
डा. सिबनाथ यादब, नरहरिनाथ हाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख मान बहादुर सहकारि, ल्याब असिस्टेन्ट बिरेन्द्र प्रसाद न्याैपाने काे उपस्थितिमा नरहरिनाथ गाउँपालिका वडा न १र २ का नागरिकसँग अन्तरक्रिया गरियकाे र डेङ्गि र स्क्रब टाइफस काे परिक्षण समेत गरियकाे छ । नरहरिनाथ गाउँपालिका वडा न १ का बिरामिमा यसभन्दा पहिलै नै डेङ्गि सँक्रमण देखियकाे थियाे यसलाई न्यूनिकरण गर्ने आज काेटबाडामा नै पुगेर आज डेङ्गि र स्क्रब टाइफस राेगकाे केस डिटेक्सन तथा अन्तक्रियात्मक कार्यक्रम सम्पन गरियकाे हाे। कार्यक्रममा डेङ्गि१२ जनकाे परिक्षण गरियकाे मा सबैकाे नेगेटिभ देखियकाे स्क्रब टाइफसमा ७जनामा परिक्षण गर्दा ५ जनामा पाेजेटिभ देखियकाे छ भन्ने जम्मा २९ जनाकाे स्वास्थय परिक्षण गरियकाे नरहरिनाथ गाउँपालिका स्वास्थ शाखा प्रमुख मान बहादुर सहकारिले बताउनु भयाे।

स्क्रब टाइफस एउटा तीव्र ज्वरो आउने संक्रमक रोग हो, जसलाई Orientia tsutsugamushi नामक ब्याक्टेरियाले गराउँछ। यो रोग प्रायः जंगल र खुल्ला ठाउँहरूको बीचमा पाइने ‘चिगर’ नामक स-साना किर्नाले फैलाउँछ। चिगरको टोकाइको कारण शरीरमा स-सानो घाउ (eschar) बन्न सक्छ, जुन स्क्रब टाइफसको विशेष लक्षण हो।प्रायः चिगरको टोकाइले दुःखाइ नहुने हुँदा प्रारम्भमा धेरैलाई रोग लागेको थाहा नहुन सक्छ। चिगरको टोकाइपछि साधारणतया १० दिनभित्र लक्षण देखिन सुरु हुन्छ, तर कहिलेकाहीँ ६ देखि २० दिनभित्र पनि देखिन सक्छ।
टाउको दुखाइ,कम्पनसहितको उच्च ज्वरो,लिम्फ ग्रन्थीहरू सुन्निने,आँखाको सेतो भाग रातो हुने,भोक घट्ने,
शारीरिक कमजोरी महसुस हुने।कहिलेकाहीँ खोकी, थकान, तथा अन्य सामान्य लक्षणहरू देखिन सक्छन्। गम्भीर अवस्थामा मस्तिष्क, फोक्सो, वा मुटुमा पनि समस्या उत्पन्न हुन सक्छ। शरीरमा स-सानो, दुखाइ नहुने फोका बन्न सक्छ, जसको बीच भाग कालो भएर घाउ (eschar) बन्छ। पेटको क्षेत्रमा फुस्रो दाग (rash) आउन सक्छ। डा.. सिबनाथ यादबका अनुसार स्क्रब टाइफसको उपचारका लागि एण्टिबायोटिकहरू प्रयोग गरिन्छ। यदि एण्टिबायोटिक पर्याप्त समयसम्म नलिएमा रोग पुनः देखा पर्न सक्छ। गम्भीर अवस्थाका बिरामीलाई अस्पताल भर्ना गरी सावधानीपूर्वक हेरचाह गर्नु आवश्यक हुन सक्छ। यसबाट बच्नका लागि
स्क्रब टाइफस फैलिएको क्षेत्रमा जाने बेलामा सुरक्षात्मक कपडा लगाउनुपर्छ र किर्नाको टोकाइबाट बच्न तथा किर्नाको नियन्त्रण गरिनुपर्ने डा:यादवले बताएका छन।