
ललित विष्ट,कालीकोट । खेतियोग्य जमिन बाँझो नराखि खेतीगर्न भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले सुझाव दिएका छन् ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहेका शाहले मंगलबार किसानको गुनासो सुन्न कालीकोट पुगेको बेला किसानलाई खेतियोग्य जमिन बाझो नराखि उत्पादन गर्न सुझाब दिएका हुन् । कालीकोट पुगेका मन्त्री शाहले,अहिलेको भ्रमण कृषकहरुको गुनासो सुन्न र कृषकहरुसंगको भेटघाट रहेको बताए ।
जिल्ला प्रशासन कार्यालय कालीकोटमा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख चन्दबहादुर शाहीले बालि वस्तुका हिसाबले उत्पादन राम्रो हुदा पनि बजेट अभाव रहेको बताए । उनले भने ‘कालीकोटमा कृषको लागि धेरै बजेट आवश्यक हो । मन्त्रालयले कम बजेट पठाएको छ ।’ उनले गत वर्ष कृषि क्षेत्रमा कर्णालीकै उत्कृष्ट भएको बताए । भूगोल अभाव भएपनि कालीकोटमा कृषि पेशा अनुसार बजेट नआएको र कृषि क्षेत्रलाई भरपुरुपमा सदुपयोग गर्न नसकेको उनको भनाई छ ।
शुभकालीका गाउँपालिका-२ का किसान जनकबहादुर शाहीले अहिले पनी बास्तविक किसानले अनुदानका कार्यक्रम नपाएको सुनाए । उनले भने यो वर्ष पनी किसानले पाउने अनुदानका कार्यक्रम बस्तविक किसानलाई दिन आग्रह गरे छु । पशु किसानले दुध,घिउ उत्पादन हुने तर बिक्री नहुने गरेको गुनासो सुनाएका छन् ।
‘अर्गानिक उत्पादनको कुरा कहाँ पुगेको छ ? भन्दै खाँडाचक्र नगरपालीका – ११ का किसान महेन्द्र भारतीले प्रश्न गरे ? उनले तीन वर्षदेखि कृषिमा लाग्दा पनि सिंचाइको लागि कुनै पनि योजना नआएको गुनासो गरे । उनले किसानको पहुँच नपुगेपछि समस्या भएको बताए । बरातुमा किवि,सुन्तला,ओखर, लगाएतका फलफुल उत्पादन हुदै आएको हुदा पनी प्रदेश सरकारबाट बजेट नपाएको गुनासो पोखे ।
समग्र किसानको गुनासो पछि जवाफ दिदै भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कृषि सम्बन्धमा परिमाणमा कम उत्पादन गरे पनि बढी लाभ लिने प्रदेश कर्णाली रहेको बताए । जलवायुले माग गरेको खेती उत्पादन छोड्न नहुने उनको धारण थियो । उनले भने ‘कर्णालीमा मासि धान,स्याउ उत्पादनमा बृढि गर्नपर्ने छ । विषादी प्रयोग नगर्न सुझाब दिदै सल्यान जिल्ला कृषिको लागि राम्रो उत्पादन क्षेत्र भए पनि विषादि धेरै प्रयोग हुने गरेको सुनाए । उनले कर्णाली सरकारले किटनासक, चिपनासक विषादी ऐन निर्माण गरेको बताए ।
किसानलाई पेरणा दिनलाई विदेश बाट फर्केका युवालाई १५ देखि २० लाख अनुदानको ब्यवास्था कर्णाली प्रदेश सरकाले गरेको उनको भनाई छ ।
मन्त्री शाह सहित कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सिचव संजिव कुमार कर्ण सहितको टाेलि समेत कृषि अनुगमनको लागि कालीकाेट हुदै, जुम्ला र मुगु पुग्ने कार्यक्रम रहेको छ।




karnalipress
४ मंसिर २०८२, बुधबार ०७:११