पालिकाले प्रणाली निर्माण गरोस् ,विद्यार्थी लाई छात्रवृत्ति उपलब्ध गराउने बाताबरण बनोस्

श्रावण २७,कालिकोट करोडौं बजेट उपयोग गर्ने नगरपालिका/गाउँपालिकाले शिक्षा क्षेत्र मा कती लगानी गरेको छ। गुणस्तर शिक्षा ,प्राविधिक शिक्षा ,उत्पादनमुलक शिक्षा मा विद्यार्थीहरुलाई जोड्नु प्रत्येक पालिका को जिम्मेवारी हो।

 

४ बर्ष बितिसक्दा सम्म कालिकोट जिल्लाको कुन पालिकाले कति जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु भयो केहि डाटा छ?कालिकोट जिल्लाका ९ वटै स्थानीयतह हरुलाई यो गम्भीर प्रश्न गर्न चाहान्छु।डाटा छ भने डाटा उपलब्ध गराउनुहोस् ।

यदि गर्नु भएको छैन भने यो अन्तिम वर्ष सबै स्थानीय तहले एक स्थानीय तहले ५-१० जना सम्म जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने गरेर प्रयास गरम ,हजुरहरुको यो सानो प्रयासले कालिकोट जिल्लामा एउटा प्रणाली निर्माण हुनेछ र जसले गर्दा भोलि दिनहरू मा आउने नेतृत्वले पनि यो काम बाट बाटो फेर्न पाउनेछैन ,जसले गर्दा प्रत्येक बर्ष १०० जना विद्यार्थीहरु निसुल्क अध्यान गर्न पाउने छन्।

जसले हाम्रो कालिकोट जिल्लालाई एक कदम भयपनी अगाडि बडाउन मदत पुराउने छ। हाम्रो शैक्षिक क्षेत्रमा पनि त्यही अनुसारको परिवर्तन आउने छ। हजुर हरुले निर्माण गरेका संरचना दिगो नरहन सक्छ्न तर हामीले प्रणाली निर्माण गरेउ भने त्यो सदावार रहिरहने छ।

सामजलाई सहि मर्गदसक गर्न पनि हामीले निर्माण गरेको प्रणाली ले ठुलो मदत पुराउने छ। सम्पुर्ण पालिकाका जनप्रतिनिधि हरुलाई यो सकारात्मक ,पहलकदमी का लागी आग्रह गर्दछु ।

लेखक :अनेरास्ववियु कालिकोटका सह-संयाेजक मिनराज न्याैपाने