जुम्लामा भालुको आक्रमणबाट दुई जना घाइते

श्रावण २८,जुम्ला  । जुम्ला बजारमा बिहिबार विहान भालुकाे आक्रमणबाट दुई जना घाईते भएका छन् ।

चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान करिब ४ बजेतिर भालुले आक्रमण  गर्दा दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका माेबाईल सपल संचालन गरिरहनु भएका हेमराज राेकाया र उहाँकी श्रीमती निर्मला राेकाया घाईते भएकाे  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घाईतेकाे अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेकाे छ ।