नेपाली काँग्रेस कालिकोटको वडा अधिबेसन भाद्र २२ मा हुने

 भाद्र १८,कालिकोट नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कालिकोटमा वडा अधिवेशन भाद्र २२ गते बाट सुरु हुने भएको छ।

भाद्र १८ गते शुक्रबार देखि वडा अधिवेशन सुरु गर्ने भनियता पनि केही आन्तरीक समस्याका कारण हुन नसकी वडा अधिबेसन भाद्र २२ गते बाट सुरु गरीने तयारी भएको नेपाली काँग्रेस क्षेत्र नं. (ख) का सभापति दमन शाहीले जानकारी दिनुभयो।

बिहिबार पार्टी र निर्वाचन अधिकुतको बैठकले वडा अधिबेसन २२ गते बाटसुरु गर्ने निर्णय गरेको बताईएको छ। महाधिवेशन केन्द्रको कार्यतालिका अनुसार भाद्र १८ मा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।