दाङमा माछाले टोकेर एक जनाको ज्यान गयो

भाद्र १९,दाङ। दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको ज्यान  गएको छ ।अढाइ माछाले टोकेर गम्भीर घाइते भएका लमही नगरपालिका-१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीकाे उपचारका क्रममा लमही अस्पतालमा आज दिउँसाे ज्यान गएको  हाे ।

माछाले टाेकेर बेहाेस भएपछि उहाँलाई उपचारका लागि लमही अस्पताल लगिएकाे थियाे ।शवलाई अहिले पोस्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएकाे छ ।