भाद्र २५,सुर्खेत। कर्णाली प्रदेश कला शाहित्य प्रतिष्ठान बिरेन्द्रनगर सुर्खेतको दोश्रो साधारण सभा होटल रारा भिजिटको शभाहलमा सम्पन्न भएको छ । प्रतिस्ठानका अध्यक्ष कटक बहादुर बमको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका आन्चरिक मामिला तथा कानुन मन्त्रि सीता नेपाली प्रमुख आथित्यता, नेकपाका केन्द्रीय सदस्य यटम बिसिको विशेष आथित्यतामा सभा सम्पन्न भएको हो।
सभामा पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने,अनेम संग क्रन्तिकारि केन्द्रीय सदस्य अल्किना बम,अखिल क्रन्तिकारि पुर्ब केन्द्रीय सदस्य लक्ष्मि प्रसाद संज्याल लगायतको सहभाता रहेको थियो।
साधारण सभामा बोल्दै मन्त्रि नेपालिले कर्णाली प्रदेश प्रम्परागत सास्कृतिको धरोहर भयकाले झोडामागल देउडा हुड्के धमारि लोप हुँदै गईरहेकाले यसको सरक्षणका लागि प्रतिस्ठाले महत्वपुण भुमिका खेल्ने बताउनु भयो।
साधारण सभाले कटक बहादुर बमको अध्यक्षमा ९ सदस्यिय नया कार्य समिति गठन गरेकोछ । प्रतिष्ठाले आउने असोज महिना भित्र पचालझरना गाउपालिकामा देउडा महोत्सब सन्चालन गर्ने तयारि रहेको नबनिर्बाचित अध्यक्ष कटक बमले जानकारि दिनुभयो ।
karnalipress
२५ भाद्र २०७८, शुक्रबार ०९:१०