नरहरीनाथ गाउँपालिमा एमालेकाे अगुवा पार्टी कार्यकर्ता भेला सम्पन्न

भाद्र,२६ कालिकोट।नेकपा एमाले कालीकोटका अध्यक्ष नगेन्द्रवहादुर शाही नेस्नलले एमालेवाट चुनाव जितेर एमालेकै अपमान गर्नु जस्तो राजनितिक अपराध हरु केही नभएको वताउनु भएको छ ।
अध्यक्ष शाहीले पार्टी एमाले, चुनाव चिन्ह सुर्य, कार्यकर्ता जवज मान्नेहरुलाई साथमा लिने र चुनाव जित्ने अहिले आएर उसै पार्टीको बिरुद्धमा गाउँमा भेला गर्ने निर्वाचन कार्यालयमा गएर अर्को पार्टीमा प्रवेश गरेको सनाखत गर्ने भगौडाको जस्तो अपराधी काम नगर्न आफ्ना कार्यकर्तालाई आग्रह भएको हो ।उहाँले नरहरीनाथ गाउँपालिकाको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गदै सो कुरा वताउनु भएको नेकपा एमालेका बिद्यार्थी नेता सन्तोष महतराले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष शाहीले सबै अपराधिहरुको समुह एक भएर केन्द्र देखि स्थानीय तह सम्म जनतालाई धोका दिन खोजेका वेला त्यसको प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो ।

गाउँ कमिटिका अध्यक्ष टेकवहादुर वुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा वोल्दै नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सदस्य तथा खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले एमाले पार्टीकै नामले परिचय दिने भगौडालाई अधिकार नभएको वताउनुभयो ।उहाँले पार्टीमा फरक बिचार र दुई लाईन संघर्ष हुनु स्वभाविक कुरा हो भनेर नवुझि कसैको हलिया हुन पद पाउन र लुटतन्त्रलाई वचाई राख्न एमाले छोड्नु कुनै नौलो कुरा नभएको भन्दै हिजो एमाले फुटाएर माले भएकाको हविगत हेर्न कार्याकर्ताको ध्यानाक्रषण गराउनुभयो ।

भेलामा प्रदेश कमिटि सदस्य दोय भरतराज धिताल, विरेन्द्र वोगटी, जिल्ला पार्टी उपाध्यक्ष रमेश कुमार शाही, बिद्यार्थी नेता सन्तोष महतरा लगाएतका नेताहरुले भेलालाई सम्वोधन गरेका एमाले नेता हिरामणी उपाध्यायले वताउनुभयो ।

यस्तै भेलामा साहित्यकार रत्नकमल बिष्टलाई एमाले प्रवेश गराईएको छ ।लालुका बिष्टले योगी नरहरीनाथको इतिहासको खोजि, मध्य तथा सुदुरपश्चिमको कला देउडाको संरक्षणका लागि निरन्तर अभियान चलाउदै आउनु भएको छ ।