
श्रावण ८ सुर्खेत । सुर्खेतमा राष्ट्रिय परिचयपत्र तथा पंञ्जीकरण विभागले साउन ११ गतेबाट परिचयपत्रका लागि व्यक्तिगत विवरण संकलन तथा वितरण गर्ने भएको छ । १६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यसहित सुर्खेतमा साउन ११ गतेबाट व्यक्तिगत विवरण संकलन तथा परिचय पत्र वितरणको काम अगाडी बढाउने भएको हो ।
दश अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटा भन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिर सहितका सूचना संलक हुने राष्ट्रिय परिचयपत्र तथा पंञ्जीकरण विभाग सामाजिक सुरक्षा शाखाका निर्देशक अनुज भण्डारीले बताए ।
‘हाल प्रदेश १ को झापा र संखुवासभा, प्रदेश २ को सप्तरी र महोत्तरी, वाग्मती प्रदेशको ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, लुम्बिनी प्रदेशको कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला, सुदुरपश्चिम प्रदेशको कन्चनपुर र अछाममा विवरण संकलन भइरहेको छ ।’ उनले भने,‘साउन ११ गतेबाट सुर्खेत जिल्लामा यसको संकलनको काम हुनेछ । २० वटा टिमले यो संकलन कार्य गर्नेछन् ।’
देशका ७७ जिल्लाका नागरिकहरुले २ वर्ष भित्र विवरण संकलन गरेर सबै नागरिकको हातमा राष्ट्रिय परिचयपत्र पु¥याउने लक्ष्य अनुसार काम भइरहेको निर्देशक भण्डारीले जानकारी दिए । ‘२०६७ सालको साउनमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरी काम सुरु गरिएको हो ।’ उनले भने,‘राष्ट्रिय परिचयपत्रलाई एकीकृत प्रणालीमा व्यवस्थापन गरि त्यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा दिने लक्ष्य राखिएको छ ।’
karnalipress
८ श्रावण २०७८, शुक्रबार १९:०५