
भाद्र ३१,कालीकोट। कालीकोटका दुई जना युवा निमार्ण ब्यवसायीले केन्द्रीय नेर्तत्व हात पारेका छन । नेपाल राष्ट्यि निमार्ण ब्यसायी संगठनको १२ औ साधारण सभा तथा पाँचौ अधिवेशनवाट कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका निवासि जिवन वहादुर शाही र मंगल शाही केन्द्रीय नेतृत्वमा पुगेका हुन ।
जिवन शाही केन्द्रीय उपाध्याक्ष तथा कर्णाली प्रदेशको इन्चार्ज वन्नु भएको छ भने मंगल शाही केन्द्रीय महासचिवमा सर्वसम्वत चयन हुनु भएको छ । माओवादी केन्द्र निकट ब्यवसायी संगठनमा एकै पालीकाका दुई जना युवाले नेतृत्वमा पाहुन सुखद क्षण भएको भन्दै सामाजिक सञ्जालमा वधाई तथा शुभकामना दिनेहरुको ओइरो लागेको छ । धेरै पछि माओवादीमा आवद्ध युवाहरुको पहुँच वड्दै गएको छ ।



karnalipress
३१ भाद्र २०७८, बिहीबार १९:११