
नौरते नेपाली, असोज १२ जुम्ला। एन्फा जिल्ला लिगको उपाधी योङ्ग स्टार फुटबल क्लब जितेको छ । मंगलबार भएको फाइनलमा योङ्ग स्टार फुटबल क्लबले ढाँणथपला युवा क्लबलाई पराजित गर्दै उपाधी जितेको हो । योङ्ग स्टार फुटबल क्लबले ढाँणथपला युवा क्लबलाई ६ का विरुद्ध २ गोलको फराकिलो अन्तरले हराएको हो । फाइनल खेलको पहिलो हाफ २÷२ गोलको बराबरीमा सकिएको थियो । तर दोश्रो हाफमा योङ्ग स्टारले ४ गोल थप्दा ढाँणथपलाले कुनै गोल गर्न नसक्दा योङ्ग स्टार फुटबल क्लबले उपाधी जितेको हो ।
फाइनल खेलको २८ मिनेटमा योङ्ग स्टारका क्याप्टेन केशव हमालले बिचबाट हानेको बलले गोल भएको थियो । यस्तै, ३४ मिनेटमा रुबेन भण्डारीले टिमको लागि दोश्रो गोल गर्नु भयो । भने त्यसको ३ मिनेट पछि ढाँणथपला यूवा क्लवका चक्र लामाले पहिलो गोल गर्दा ४० मिनेटमा अविशेक बुढ्थापाले अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याउनु भएको थियो । त्यस्तै, दोश्रो हाफमा योङ्ग स्टारले चार गोल थप्यो भने ।
दोश्रो हाफमा रुबेन भण्डारीले दुई गोल थप्दा कृष्ण राई र विनोद बस्नेतले १÷१ गोल थप्नु भयो । यता ढाँणथपला युवा क्लबका दुई जना खेलाडीले रातो कार्ड खादै बाहिरिदा टिम सात खेलाडीमा सिमित रहेको थियो । अविशेक बुढ्थापाले पहेलो दुई कार्ड खादै बाहिरिनु भयो भने नवीन बुढ्थापाले सोझै रातो कार्ड पाएर खेलबाट बाहिरिनु भएको थियो ।
असोज एक गतेदेखि सुरु भएको एन्फा जिल्ला लिग आज सकिएको हो । यस प्रतियोगिताका उत्कृष्ट खेलाडी र उच्च गोलकर्ताको उपाधी पनि योङ्ग स्टारका रुबेन भण्डारीले ट्रफी पाउनु भएको छ । उत्कृष्ट गोलकिपर ढाँणथपलाका गोल रक्षक अमृत रोकायाले जित्दा, उत्कृष्ट डिफेन्डर योङ्ग स्टारका क्याप्टेन केशव हमाल चुनिनु भएको छ ।
लिगका विजेता योङ्ग स्टार क्लबले उपाधी सहित प्रदेश लिग तयारीको लागि नगद बीस हजार प्राप्त गर्न सफल भयो भने उपविजेता ढाँणथपला युवा क्लबले दस हजार नगद प्राप्त गरेको छ । यस्तै, खेल सकिए लगतै ढाँणथपला युवा क्लबका केही खेलाडीले मुख्य रेफ्री टंक भण्डारी माथी आक्रमण हुदा घाईते हुनु भएको छ ।
ढाँणथपला यूवा क्लवका खेलाडिले मुख्य रेफ्री भण्डारी माथी आक्रमण गर्दा घाईते हुनु भएको हो । खेल सकिए पछि ढाँणथपला यूवा क्लव जर्सि नम्वर १० का खेलाडी नविन बुढ्थापा र उहाँका दाई हर्स बुढ्थापाले मुख्य रेफ्री भण्डारीलाई आक्रमण गर्दा घाईते हुनु भएको हो । खेलमैदा%A



karnalipress
१२ आश्विन २०७८, मंगलवार २१:१२