पचालझरना जाने नयाँ २८ सय मिटर पदमार्गको सिलान्यास,

कालीकोट। जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानकालागि तीन करोड ३१ लाखको लागतको पदमार्ग शिलान्यास गरीएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतीसत र गाउँपालिकाको ३० प्रतीसत लगानिमा सो पदमार्ग शिलान्यास गरीएको हो ।

गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालको प्रमुख आथित्यता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका रामकृष्ण महजनको विषेश आथित्यतामा नेपालकै ३८१ मिटर अग्लो उक्त झरनासम्म जानकालागि पदमार्ग शिलान्यास गरीएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार,“पदमार्ग निर्माण भएपछी पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुनेछ ।” मन्त्रालयले नयाँ १०० पर्यटकीय गन्तव्यमा पचालझरनालाई पनि सूचीकृत गरेको थियो ।

विसं २०७४ मा उक्त गाउँपालिकाले दुई दिन लगाएर पचालझरनाको उचाइ मापन गर्दा ३८१ मिटर रहेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार कठायतले जानकारी दिनुभयो। “पचालझरनाको अध्ययन गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारीको संग्लनतामा २०७४ मा उचाइ मापन गरीएको थियो । यो झरना नेपालकै सबैभन्दा अग्लो हो ।”

उक्त  रिलिङ  सहितको पदमार्ग निर्माणको जिम्मा cm मंगल दिप ईस्लेट जेवी निमार्ण सेवा काठमाडौंले लगेको छ।पदमार्ग निर्माणमा २८ सय मिटरलामो  रिलिङसहितको पदमार्ग,पर्यटन सूचनाकेन्द्र, प्रतीक्षालय र ओयलकम गेटको निर्माण गरीने भएको हो।

पचालझरनाको वास्तविक उचाइ ३८१ मिटर रहेको र यसभन्दा अघि नेपालकै अग्लो झरना मानिएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको पाईएको थियो ।