
बैशाख १३,कालिकोट। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा एक हजार नौ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। ११ स्थानीय तह रहेको जिल्लामा मेयर्अध्यक्षका लागि ७७ जना र उपमेयर्उपाध्यक्षका लागि ६५ जनाको उम्मेदवारी परेको छ। यस्तै वडाध्यक्षमा ४ सय ४७, खुला, महिला र दलित महिला सदस्यका लागि क्रमशः ७ सय २१, ३ सय ३८ र ३ सय ८ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनका लागि सोमबार जिल्लाका ११ वटै स्थानीयमा दलहरुले उम्मेदवारी दर्ता गराएका हुन्। पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्।
जिल्लाको आठबीस नगरपालिकामा २ सय २० जनाको उम्मेदवारी दर्ता भएको छ। मेयरमा ७ जना र उपमेयरमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षका लागि ५५, खुल्ला सदस्यका लागि ८१, महिला सदस्यका लागि ३५, दलित महिला सदस्यका लागि ३५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
गुराँस गाउँपालिकामा अध्यक्षका लागि ९ जना र उपाध्यक्षका लागि ६ जनासहित १ सय ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यहाँ वडाध्यक्ष २८, खुला सदस्य ५१, महिला सदस्य २२, दलित महिला सदस्यका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ। यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयरमा ६, उपमेयरमा ७, वडाध्यक्षमा ५६, खुला सदस्यमा ८६, महिला सदस्यमा ४४ र दलित महिला सदस्यमा ३७ जनासहित २ सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ठाटीकाँध गाउँपालिकाको अध्यक्षका लागि ८ जना र उपाध्यक्षका लागि ४ सहित १ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यो गाउँपालिकामा वडाध्यक्षका लागि ३७, खुला सदस्यका लागि ५३, महिला सदस्यका लागि २७ र दलित महिला सदस्यका लागि २८ जनाको उम्मेदवारी परेको छ।
जिल्लाकै डुङ्गेश्वर गाउँपालिकामा अध्यक्षका लागि ६, उपाध्यक्षका लागि ७, वडाध्यक्षका लागि २५, खुला सदस्यका लागि ३९, महिला सदस्यका लागि १८ र दलित महिला सदस्यका लागि १५ सहित १ सय १० जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताइन्। उनका अनुसार दुल्लु नगरपालिकाको मेयरमा ८, उपमेयरमा ९, वडाध्यक्षमा ६०, खुला सदस्यमा ९५, महिला सदस्यमा ४५ र दलित महिला सदस्यमा ३७ जना सहित २ सय ५४ जनाको उम्मेदवारी परेको छ।
११ वटा वडा रहेको नारायण नगरपालिकामा मेयरका लागि ५, उपमेयरका लागि ३, वडाध्यक्षका लागि ५२ सहित २ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नौमूले गाउँपालिकामा अध्यक्षमा ५, उपाध्यक्षमा ४, वडाध्यक्षमा ३५, खुला सदस्यमा ६०, महिला सदस्य र दलित महिला सदस्यमा २५्२५ जनासहित १ सय ५४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै भगवतीमाई गाउँपालिकाको अध्यक्षमा ६, उपाध्यक्षमा ५ र वडाध्यक्षमा ३८ तथा खुला, महिला र दलित महिला सदस्यसहित १ सय ५० जनाको उम्मेदवारी दर्ता भएको छ। भैरबी गाउँपालिकामा अध्यक्षका लागि ७, उपाध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन्। वडाध्यक्षका लागि ५०, खुला सदस्यका लागि ५८, महिला र दलित महिला सदस्यका लागि २६्२६ जनाको उम्मेदवारी परेको छ। भैरबीमा कुल १ सय ७५ जनाले उम्मेदवारी दिएका छन्।
जिल्लाकै महाबु गाउँपालिकाको अध्यक्षमा १०, उपाध्यक्षमा ५, वडाध्यक्षमा ३८, खुला, महिला र दलित महिला सदस्यमा क्रमश ५२, २६ र २५ गरी १ सय ५६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचनमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।



karnalipress
१३ बैशाख २०७९, मंगलवार १९:०८