एमाले कालिकोटको अध्यक्षमा ५ जनाको दाबी

१४ पुष,कालिकोट । नेकपा एमाले जिल्ला कमिटी अध्यक्षका लागि पाँच जनाले दाबी गरेका छन् । पाँचै जना कालिकोटमा स्थापित नेता भएकोले नेतृत्व छान्न सकस पर्ने देखिएको छ ।

कालिकोटमा अध्यक्ष बन्न कार्यबाहक अध्यक्ष रमेशकुमार शाही,प्रदेश कमिटी सदस्य जसिप्रसाद पाण्डे,धिरबहादुर बम,दयाराम सिम्खाडा,तुलराज मल्लले दाबी गरेका छन् ।

पाचै जनाले दाबी गरे पनि सहमतिमै नेतृत्व चयन गरिने एमाले स्रोत कालिकोटले जनाएकाे छ। कालिकोटमा पुष २३ गतेबाट १०औँ जिल्ला सम्मेलन हुँदैछ।