घटेली गाउँमा रेडियो कचहरी सम्पन्न

१७ पुस,कालीकोट।  खानेपानी सरसफाई तथा स्वच्छता र पोषण सम्बन्धि रेडियो कचहरी सम्पन्न भएको छ । कालीकोटको खाँडाचक्र नगरपालिकाको वडानं. ४ को घटेली गाउँमा शनिवार यूनिसेफ नेपालको आर्थिक सहयोग ताथा किर्डाक नेपालको प्रविधिक सहयोग र रेडियो नयाँ कर्णालीको एफ.एम कालीकोटको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

खाँडाचक्र नगरपालिका प्रमुखजसि प्रसाद पाण्डे, वडानं. ४ का वडाअध्यक्ष धनसंह कामी,यूनिसेफ नेपालका कार्यक्रम संयोजक गणेश शाही, किर्डाक नेपालका, हर्क शाही,पुरिचन्द्र पाण्डे, नेकपा एमाले वडानं.४मा अध्यक्ष दिपक वि.क बिभिन्न पार्टीका नेता तथा कार्यक्रता र स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

खाँडाचक्र नगरपालिकाको वडानं. ४ को घटेली गाउँमा खानेपानी सरसफाई तथा स्वच्छता र पोषण सम्बन्धिको कार्यक्रमले घरमा घेरै सहयेग पुगेको स्थानीयले बताएका छन । कार्यक्रम लागु भएदेखि अहिले सम्म घर,घरमा खानेपानीको धारा, जुठ्यान, फोहोरफाल्ने खाल्डो,चाङ तयार पारी घराएसी सरसफईका बिभिन्न सूचकहरु पुरागर्दै आएको स्थानिय लालस्वभा वि.कले बताईन।

कचहरीमा सहभागी स्थानीयले बिभिन्न राहत र अनुदानमा वडाअध्यक्षले पक्षपात गरेर आफ्नो घर र आफन्तजनलाई योजना दिने गरेकाले आफुहरुले सेवा नपाएको गुनासो गरेका छन ।

गाउँमा खानेपानी सरसफाई सम्बन्धिका सामग्री यूनिसेफले सहयोग गदै आएको र शौचालय नभएका नागरीकको घरमा शौचालए बनाउन बजेटको ब्यावस्थापन गर्दै जुठ्यान,लगाएतका सरसफाईका सामग्री बनाउन समेत सिकाईएको किर्डाक नेपालका र्हक शाहीले जानकारी दिए । याे कार्यक्रम धेरै प्रभावकारी भएको हुदा यस्ताे  कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सहभागीकाे भनाइ थियो ।