‘प्रचण्ड महाधिवेशन’

१८ पुस, काठमाडौं । राष्ट्रिय सम्मेलन भनेर बोलाइएका प्रतिनिधिहरु सम्मिलित सभालाई महाधिवेशनमा परिणत गरिएकाले अब प्रमुख तीन ठूला दलको आवधिक नेतृत्व चयन प्रक्रिया पूरा भएको छ ।

१०-१४ मंसीरमा नेकपा एमालेले १०औं र २४-२७ मंसीरमा नेपाली कांग्रेसले १४औं महाधिवेशन गरेको थियो । तीन ठूला दलमध्ये कांग्रेसले पूर्ण लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्यो । कांग्रेसमा नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गरे । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना (सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरी) र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिए ।

सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा भयो । शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको प्रतिस्पर्धी थिए । पहिलो चरणमा कसैले पनि बहुमत (५१ प्रतिशत) ल्याउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भयो । सिंह, निधि र गुरुङको साथ पाएपछि देउवा सभापति निर्वाचित भए ।

एमालेले भने लोकतान्त्रिक प्रक्रियाको आंशिक प्रयोग गर्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले १२ मंसीरको मध्यरात प्रचण्डकै शैलीमा केन्द्रीय सदस्य र पदाधिकारीको प्रस्ताव गरे । तर भीम रावल, घनश्याम भुसाल लगायतले ओलीको खल्तीबाट नभएर महाधिवेशन हलबाट नेतृत्व चयन हुनुपर्ने अडान लिए ।

हलबाट सहमति जुट्न नसकेपछि अघिल्लो रात स्थगित भएको मतदान प्रक्रिया १३ मंसीर राति अगाडि बढाइयो । ओली र रावलबीच अध्यक्षमा प्रतिस्पर्धा भयो । ओलीले घोषणा गरेकै नेताहरु निर्वाचित भए ।

तर माओवादी केन्द्रको महाधिवेशनले भने विधानले व्यवस्था गरेको केन्द्रीय कमिटीलाई पनि पूर्णता दिन सकेन । विगतमा पनि माओवादीका महाधिवेशनमा यस्ता दृश्य देखिएकै थिए । यसैपटक पनि जनवर्गीय संगठनहरुमा सम्मेलन हुने तर नेतृत्वको टीमले पूर्णता नपाउने भएका उदाहरण प्रशस्तै छन् ।

वाईसीएलले गत भदौमा राष्ट्रिय भेला गर्‍यो, त्यहाँ अध्यक्षका आकांक्षी धेरै भएपछि प्रचण्डले सुमन देवकोटालाई संयोजक र सुबाेध सेर्पालीलाई सहसंयोजक तोकिदिए । तर पूर्ण नेतृत्व वाईसीएलले अझै पाउन सकेको छैन ।

गत असोज १५ देखि आयोजना गरिएको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय