
कालीकोट । जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्मालाई कोरोना सङ्क्रमण भएको छ । कोरोना परीक्षणमा प्रमुख जिल्ला अधिकारी शर्मालाई कोरोना पुष्टी भएको हो । उनलाई सामान्य रुगाखोकी लागेको र स्वास्थ्यमा अलि असहज भएपछि परीक्षण गर्दा कोरोना देखिएका छ ।
सरुवारोग अस्पतालमा गरिएको एन्टीजेन परीक्षणमा प्रमुख जिल्ला अधिकारी शर्मालाई कोरोना पुष्टी भएपछि आफ्नै क्याटरमा होम आइसोलेसनमा वसिरहेका छन् । आफु वद्रियावाट सरुवा भएर कालीकोट आउदा चिसो मौसम परेको र लगतै जिल्लाका धेरै कार्यक्रममा सहभागी हुदा आफुलाई स्वास्थ्यमा असहज भइ टन्सील सम्म भएपछि कोरोना परिक्षण गराउदा कोरोना पुष्टी भएको उनले बताए ।
उनले यो नयाँ भेरियन्ट ओमिकोरनको लक्षण पनि घाटी भन्दा माथि हुने स्वास्थ्यका जानकारले भनेकाले कोरोना हो भनेर आफुले पहिला नै महसुस गरेर कोरोना जचाउन गएको बताए । उहाँले जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने नागरिकलाई पनि सचेत हुन र सबै स्वास्थ्यका माप्दण्डको पालना गरेर सेवा लिन अनुरोध समेतगरेका छन् ।
प्रजिअ शर्माले सबैलाई सचेत हुन समेत सुझाव दिर्दै स्वास्थ्यक्रर्मीको सल्लाहमा खाने कुरा खाने र साथै औषधीको प्रयोगले कोरोना जित्न सकिने प्रजिअ शर्माको भनाई छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत गौरा कुमारी घर्ति मगरले तेस्रो लहरको कोरोनावाट कालीकोटमा ६० जना सङ्क्रमित भएका वताइन् । उनका अनुसार अहिले सबै जना होम आइसोलेसनमा रहेको र दिनकै सङ्क्रमितको संख्या बढीरहेकाले जिल्ला वासीलाई सचेत सहर्न आग्रह गरीएको छ ।



karnalipress
५ माघ २०७८, बुधबार १०:२८