‘गाउँमा गाडी पुगेसंगै सुखका दिनसुरु भए’

ललित बिष्ट फाल्गुन ९,कालिकोट।  शुभकालिका गाउँपालिकाको वडान—५ का नागरीकको सुखका दिनसुरु भएका छन । पहिलो पटक घर आँगनमै गाडी पुग्दा स्थानीय समेत हर्षित छन । पहिला तिलानदि हुदै सेरीघाटको बाटो हिडेर खाद्यन्न जोहो गर्नु परेको अनुभव सुनाउँदै स्थानीय चक्र रोकायाले गाउँमा गाडी पुग्दा नुन लिनकैलागि एकदिनको यात्रा गर्नु पर्दाको पिडा सम्झिए । उनले भने,‘ सेरीघाट सामान लिन जानेबाटो राम्रो थिएन । भीरको बाटोमा पिठ्युमा भारी र कठिनाई यात्रा गर्नुपर्ने बाध्यता थियो । अव गाउँमै गाडी पुगेसंगै सुखका दिनसुरु भएको छ ।’

गाउँपालिकाको ७ करोड लगानिमा राराकाटिया र भर्तासम्म २१ किलोमिटर सडक निर्माण गरेपछि,यहाँका स्थनियले अहिले गाउँमै गाडी चढ्न र देख्न पाएका छन । स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दियो । गाउँ,गाउँमा सडकका रेखा खनिँए तर धेरै ठाउँका सडक फराकिलो नहुदा प्रयोग बिहिन छन् ।शुभकालिका गाउँपालिकाले पहाडी भु–भाग र ढुङ्गा फोरेर गाउँमा गाडी पु¥याउन सफल भएको गाउँपालिका अध्यक्ष खडान्द्र चौलागाईँले बताए ।

यस्तै नरहरिनाथ गाउँपालिकाको खुलालु देखि लालु सम्म गाडि पुगेपछी लालुका बिजय शाहीलाई कालेखोलाबाट भारी बोक्नु पर्ने बाध्यता हटेको छ।  लालु र कुमालगाउँको सडकमा गाउँपालिकाले २८ करोड खर्च गरेर २८ किलोमिटर सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले बताए । उनले भने ‘लालुको सडकमा ढुङ्गा धेरै भएकाले १० किलोमिटर मात्र सडक निमार्ण गरेका छौँ र कुमलगाउँ तर्फ १८किलोमिटर सडक निमार्णगरी आवतजावतलाई सहज बनाएका छौं ।’

जिल्लाको पलाँतागाउँपालिका र रास्कोट नगरपालिकाले २०७६ सालमा गाउँमा गाडी पुगाएको थियो । गाउँमा गाडी पुगेसंगै स्थानीय निकै खुसी भएका छन । अहिले मान्मबाट सिधै स्थानिय तहका सहायक रोडमा गाडि जाने गरेका छन । अहिले ग्रामीण बस्तीमा पनि गाडी देख्न सकिन्छ । स्थानीय तहमा गाडि गुडाउन प्रशासन कार्यालय कालिकोटले अनुमति दिई सकेको प्रमुख जिल्ला अधिकारी रामहरि सर्माले जानकारी दिए ।