
ललित बिष्ट कालिकोट,१३ जेठ । कालिकोट पलाँताका गाउँपालिका नव निर्वाचीत अध्यक्ष बिष्णु बहादुर रोकाया (ईन्द्र)ले गाँउपालिकाका शहिद,विपत्ता घरपरिवारलाई र घाइते अपांगलाई निशुल्क स्वास्थ्य विमा गर्न निर्णय गरेका छन् ।
विजय भएर पदभार ग्रहण गर्दै अध्यक्ष रोकायाले पहिलो निर्णय अध्यक्ष रोकायले बताएका हुन्। गाँउपालिकामा रहेका जनयुद्धका शहिदका साथै वेपत्ता परिवारहरुको निशुल्क स्वास्थ्य विमा गर्ने निणर्य गरिएको गाँउपालिका अध्यक्ष बिष्णु बहादुर रोकाया (ईन्द्र)ले बताएका छन् ।
त्यसका साथै पालिका धौलागोहको राडुनेटाको दुरसंचारको टावर तत्काल संचालन गर्ने देखि विद्युत सडक लगाएतका निर्णय गरिएको अध्यक्ष रोकायाले बताएका हुन् । पलाँता गाँउपालिकामा माओवादी केन्द्रबाट रोकाया र उपाध्यक्षमा अलैपुरा जैसि विजयी भएका हुन्।
karnalipress
१३ जेष्ठ २०७९, शुक्रबार १८:२५