नागरिक समाजका पदाधिकारीहरुलाई तालिम

फाल्गुन,१२ कालीकोट। बालबालिका बिरुद्ध हुने हिंसा बहुपक्षीय सिफारिस संयन्त्रको कार्यानवयन र अनुगमन सम्बन्धी नागरिक समाजका पदाधिकारीहरुलाई २ दिने क्षमता अभिवृद्धी तालिम बिहिबार देखि मान्ममा सुरु भएको छ। किर्डाक नेपाल कालीकोटको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नागरिक समाजका पदाधिकारीहरुलाई २ दिने क्षमता अभिवृद्धी सुरु भएको हो ।

प्रमुख जिल्ल अधिकारी रामहरी र्शमाले बालबालिका बिरुद्ध हुने हिंसाको यो कार्यक्रमले बाल बालिका जन्मनु भन्दा अगाडि बाटै बाल अधिकारको कुरा लागु हुने हुदा आमाले बाबालिकाको स्याहार राम्रो संङ गनु पर्ने र बाब बालिकालाई अधिकार दिनु पर्ने बताउनु भयो । सानैमा बालबालिका स्कुल जाने हुदा स्कुलमा बालमैत्री हुनु पर्ने र समाज रुपान्तरणमा बालबालिकाको क्षत्रमा राम्रो काम देख्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोलदै किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले नागरीक समाजले स्थानिय तहका बिध्यालयमा शिक्षक उपस्तीत नहुने गरेको स्थानिय तहमा भए गरेको भष्टचार अनियमिताताको क्षत्रमा नागरीक समाजले खवरदारी गनु पर्ने बताउनु भयो ।

कार्यक्रमका अतिथी नेपाल बार एसोसिएशन कालीकोटका अध्यक्ष कानूनविद् दमनराज बलमे बिगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको किर्डाक नेपाल र सेभ द चिल्ड्रेनले बालबालिकाका अधिकार बिरुद्ध राम्रो गरेको बताउनु भयो ।कार्यक्रममा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाका सहभागिहरुको सहभागिता थियो।