
ललित बिष्ट फागुन २२,मान्म । कालिकोट जिल्लामा वालविवाह अन्त्य गर्न किर्डाक नेपालको सक्रियता बढ्दो देखिएको छ । वालविवाह विरुद्ध वालविवाह नर्गन,नगराउन घरदैलो अभियान,धामी,झाक्रि अभिभावक बालबालीका बिच प्रतिवद्धता गरी सचेतना फैैलाउने,र रणनितिकयोजना तयारगरी वालविवाह अन्त्यगर्न किर्डाक नेपालले सक्रियता बढाएको हो ।
बालबिवाह विरुद्धको अभियान सबैको साझा सवाल भएको हुदा बालविवाह प्रति सचेत हुन र २० वर्ष नपुगी कसैले पनि बालविवाहा नर्गन र बालविवाहा एक सामाजिक विकृति र कानूनी अपराध भएको भनि स्थानिय र धामिझाक्रिलाई सानै उमेरमा विवाह नगराउने प्रतिबद्धता गर्ने गरेको छ ।
किर्डाक नेपालको सहयात्रा परियोजनाले जिल्लाको तिलागुफा नगरपालिकाको वडानं. ५ र शुभकालिका गाउँपालकाको वडानं. ६,७ र ८ लाई वालविवाह मुक्त घोषणा गरेको सहयात्रा परियोजना संयोजक प्रकाश शाहीले बताए । उनले भने ‘धेरै पहिलाबाटै गाउँमा अभियान शुुरुगरी बिभिन्न रणनितिक योजना बताएर २०८० सम्म दुबै पालिकालाई वालविवाह मुक्त घोषणा गर्नेगरी किर्डाकले कार्यक्रम गरी रहेको छ ।’
नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई वालविवाह मुक्त बनाउने घोषणा गरेको छ । नेपाल सरकारको अभियानलाई सार्थक बनाउनकालागि कालिकोट जिल्लामा किर्डाक नेपालले गाउँ गाउँमा अभियान चलाइ वालविवाह रोक्न जनसचेतना दिदै आएको शुभकालिका गाउँपालिको वडानं.६का अध्यक्ष कर्ण बहादुर खत्रीले बताए । उनले भने ‘बालवालिकाको सवाललाई बुझी उनिहरुको बिकासको लागि उनि हरुलाई वालविवाह गर्न हुदैन भन्ने चेतना दिनकोलागि गाउँपालिका र नगरपालिकामा कानुन,नितिनियम र आचारसंहिताको पूर्ण रुपमा पालना गराउन स्थानिय तहमा काम गरीरहेको छ ।’
पालिकामा जोखिममा रहेका बालबालिकालाई राहात उद्धारका लागि प्रतिनिधिनै छनोछ गरेर काम गरीरहेको किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले बताए । उनले भने कुनै पनि विभेद,शोषण,द्रुव्र्यवहार हिंसारहित र वालविवाह मुक्त पलिका बनाउनलागि जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा धेरै राम्रो काम गरीरहेको छ ।’
वालविवाह कानुनी रुपमै अपराध भएकाले यस विरुद्ध सबैले क्रियाशिल रुपमा कामगर्ने प्रतिवद्धतामा गरी गाउँपालिका र नगरपालिकामा कार्यक्रम लागु गरेको छ। जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा बालबालिकाको क्षेत्रमा किर्डाकले राम्रो काम गदै आएको छ ।



karnalipress
२२ फाल्गुन २०७८, आईतवार २०:००