आठबीस नगरपालिकाले गर्यो एम्बुलेन्स सेवासुरु

चैत २३,दैलेख । दैलेखको आठबीस नगरपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । यसबाट दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा बिरामिलाई छिटो छरिटो आवतजावत गर्न सहज हुने भएको छ ।

 नगर प्रमुख खड्गराज उपाध्यायका अनुसार जनताले सहज स्वास्थ्य सेवा पाउन भन्ने ध्येयले एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो। उनले भने एम्बुलेन्सबाट आठबीस नगरपालिकाका नागरिकलाई बढी राहत पुेग्नेछ,विपन्न नागरिक,गर्भवती,अपाङ्गता भएका व्यक्ति,ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवादिने नगरपालिकाको लक्ष्य छ ।

नगरपालिकाका सबै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेले नगरपालिकाले दुईवटा एम्बुलेन्स  सञ्चालनमा ल्याएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीले जानकारी दिए।