माटोको ढिस्कोले पुरिएर जुम्लामा दुई बालकको मृत्यु

बैशाख २२, जुम्ला। जुम्लाको तिला गाउँपालिका २ डुण्डेलीमा माटोको ढिस्कोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । जुम्लाका प्रहरी प्रमुख नरेन्द्र चन्दका अनुसार नयाँ घर निर्माणका लागि खनेको जगको माटो खस्दा पुरिएर दुई बालबालिकाको मृत्यु भएको हो ।

तिला गाउँपालिका २ स्थानीय रणबहादुर बोहराका तीन वर्षीय बालक शिशिर बोहोरा र अर्का बोहोराका भदै हिमेश रावत रहेको डिएसपी चन्दले बताए । मृतक दुबै बालबालिकालाई पोस्ट मार्टमका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको छ ।