अज्ञात समूहद्वारा स्कार्पियो गाडी आगजनी

बैशाख२६,कालिकोट। दैलेख जिल्लाको आठबिस नगरपालिकामा एमालेको तर्फबाट मेयरका पदका उम्मेदवार तर्क बहादुर बडुवालले प्रयोग गरेको गाडि अज्ञात समूहले आगजनी गरेको छ ।

बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी राकम कर्णाली दैलेखको खोलिबजार स्थित सृष्टि होटल अगाडि राखिएको समएमा राती करिब ३ः१५बजे अज्ञात समूहले आगजनी गरेको हो ।

गाडी चालक गाडीमै सुतिरहेको अवस्थामा आगजनी भएको बताईएको छ। गाडीको पछाडिको टायर जलेको छ भने मानवीय क्षति भएको छैन् ।

चुनाव प्रचारका लागि प्रयोग गरिएको गाडी अज्ञात समूहले आगजनी गरेका हुन्। स्थानीयका अनुसार आगजनी गर्नेहरु आगजनी गरे लगत्तै भागेका थिए। गाडीमा लागेको आगोलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका छन्।