आठबिस नगरपालिका-५ मा कंग्रेसकाे प्यानलनै विजयी

जेठ ३,दैलेख। दैलेखको  आठबिस नगरपालिका वडानं -५ पिपलकाेटको अध्यक्ष पदमा नेपाली कंग्रेसका बजिरसिंह  बि.क  विजयी भएका छन् । उनले ६ सय  ७५ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका  कर्ण बहादुर लामिछाने  मगरले ६ सय १५ मत प्राप्त गरेका छन्।
उस्तै महिला सदस्यमा नैनरुपा बिष्ट,दलित महिला सदस्य रंगा कामी,वडा सदस्य  धर्मसिंह जैसी,वडा सदस्य दान बहादुर  मगरकाे प्यनल विजयी भएको छ।

पिपलकाेटमा २०७४काे निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।