सुनार खाेलामा पहिरो, राजमार्ग बन्द

असार ३,मान्म । कालिकोटमा वर्षासँगै आएको पहिरोका कारण कर्णाली राजमार्ग बन्द भएको छ।

खाँडाचक्र नगरपालिकाका १ काे सुनार खाेलामा बिहिवार बेलुका ६ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फ बन्द भएको हो ।

अहिले सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाउने काम गरिरहेकाे प्रहरी कार्यालय कालिकोटले जनाएको छ

बर्खा लागेसँगै यस ठाउँमा पटक-पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ ।