दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, २ जना घाइते

असार ७ ,कालिकोट । दैलेखकाे भवगतीमाई गाउँपालिका ७ खाेरमा मङ्गलवार बेलुकी ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।

कर्णाली प्रदेश ०२ ००१ त २४८ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा त्यही ठाउँका १८ वर्षीय जगत विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृतककाे शव पाेस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।