जहाँ दुख-पीडा,संकट र अप्ठ्यारो पर्छ त्यहाँ अध्यक्ष बम

श्रावण १५, काठमाडौं।कालिकोट जिल्लाको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छा जहाँ दुख पीडा संकट र अप्ठ्यारो पर्छ त्यहाँ अवस्य पुग्नु हुन्छ ।

पलाँता निर्माणकाका लागि विभिन्न मन्त्रालय र सरोकारवाला सँगको भेटघाट छलफल सँगै काठमाडौं मा रहेका बिरामिको अवस्था बुझ्न अस्पताल धाईराख्नु भएको छ । पलाता गाउँ पालिका वडा न ९ निवासि वडा सदस्य सुर्य बहादुर बमको धर्म पत्नि धनदेबी बमको अप्रेसन पछिको अबस्था बुझ्न प्रस्तुति गृह थापाथलीमा पुग्नु भएको छ ।

थापाथली स्थित नर्भिक हस्पिटलमा भर्ना भएकि उनको पाठेघर दोस्रो सल्याकृया पछि स्वास्थमा सुधार आएको अध्यक्ष बम पलातीकान्छाको भनाइ छ ।