
भक्तबहादुर शाही ,दैलेख । दैलेख ठाटिकाँध गाउपालिका –१ सिराडीका दिपेन्द्र विक र हिमाल विकले बालकपनमा आमा बाबु गुमाए । २०७३ मा आमा रंगा बिक सुत्केरी हुन नसक्दा ज्यान गयो भने २०७६ मा बाबुको चक्र बहादुरको विकको जन्डिस रोगबाट मृत्युु भयो ।
बालापनमै आमा बाबु गुमाएका केही महिना अघि हजुर बुबाको सहारामा थिए । गएको भदौं महिनामा हजुर बुबाको मृत्यु पछि दुई बालक आफन्तको घरमा बसोबास गरिरहेका छन् ।
६ बर्ष अघि दिपेन्द्र र हिमालकी आमा तेस्रो सन्तान जन्माउन प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिन । बच्चा उल्टो भएकाले प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधले रिफर ग¥यो । तर प्रसव पिडामा रहेकी रंगा दुईदिनसम्म स्वास्थ्य केन्द्रमै छटपटाई रहिन । पैसा नहुँदा उनी स्वास्थ्य केन्द्रमै बस्नु परेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी बताउँछन् । गाउँबाट साहुँ महाजनबाट ऋण लिई दुईदिन पछि मात्र सुर्खेत लगियो ।
अस्पताल पु¥याउदै गर्दा प्रदेश अस्तालमको गेटमै पुग्दा मृत्यु देखि हारिन । आमाको मृत्यु हुँदा दिपेन्द्र ४ बर्षका थिए भने हिमाल २ बर्षका थिए ।बाबुको मृत्यु हुँदा विनोद ७ बर्ष र हिमाल ५ बर्षका थिए ।
बच्चा जन्माउन स्वास्थ्य केन्द्रमा पुगेकी आमा उतै अस्ताईन । तर पनि दिपेन्द्र र हिमाललाई आमा आउने आशा अझै मरेको छैन । “आमा मरेकी छैनन,उपचारमै छन् । सन्चो भएपछि आउँछन् । बच्चाले चाड्पर्ब र गाउँका बच्चाले आमा बाबु भनेर बोलाएको बेला हाम्रा आमा बाबु कहिले आउँछन भनेर सोध्ने गरेको आफन्त बताउँछन् ।
आकाशमा हेलिकप्टर र प्लेनको आवाज सुन्ने बित्तिकै घर भित्र रहेका दुईवटै बालक आकाश तिर हेर्दै आमा बाबुलाई पठाई दिन जोड्ले कराउँछन् । मेरा आमा बाबुलाई पठाई दिनु चिलगाडी(प्लेन वा हेलिकप्टर) भनेर । गाउँका अन्य बालबच्चाले प्रदेशिएका बाबुलाई घर पठाईदिन यस्तै अनुरोध गरेको देखेर उनीहरुले पनि सिको गरेका हुन् । तर ति बालकको बालापन मस्तिष्कमा हेलिकप्टर र प्लेनलाई खबर सुनाएपछि आमा बाबुलाई छिटो आउने बिश्वास छ । बेला बेला ति बालकको निबेदनलाई भगवानले सुनेन भने आकाश उड्ने हेलिकप्टर र प्लेन कहांँ सुन्थ्यो र ।
बालकको घर नजिकै ठाटीकाँध मट्टेला सडक छ । सडकमा ओहोरदोहोर गर्ने सवारी साधन चलिरहँदा आमा बाबु आएकि भनेर दुई बालक सडक नजिकै पिपल चौतारा दौडिएर पुग्छन ।तर पनि सदाका लागि अस्ताएका आमा बाबु कहाँ आउँथे र । मनमा खिन्नता निन्याउरो अनुहार लिएर घर फर्किन्छन् ।
अहिले यि दुई बालकलाई खाना लाउन उतिकै समस्या छ । बिद्यालय जादा न झोला छ । न कापि कलम । शरिरमा एकसरो कपडा बाहेक अरु केही छैन । बिहाना खाए बेलुका के खाने भन्ने चिन्ता छ । सधै अरुको काम गरेर जिवनयापन गर्दै आएका हजुर बुबाको मृत्युले झनै बालकलाई संसारमै एक्लो बनाई दिएको छ ।



karnalipress
१ पुष २०७९, शुक्रबार २०:३५