खुला ब्याडमिन्टनमा सुर्खेतको टिम प्रथम

ललित विष्ट कालिकोट । कालिकोटमा माघ २६ देखि २८ गते सम्म भएको कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतको टिम प्रथम भएको छ। सुर्खेतका नरेन्द्र बम र जितप्रसाद लामिछानेको जोडी प्रथम भएको हो । यस्तै दितिृयमा पनी सुर्खेतकै राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी भएका छन् । तृतियमा कालिलोटका खेलाडी सुमन विष्ट,भुपेन्द मल्ल,बिनोदबहादुर शाही र मानबहादुर बुढा भएका छन् ।

प्रथम विजेताले ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कारसंगै मेडल पाएका छन्। त्यस्तै उपविजेताले ३० हजार १ सय ११ मेडल पाएका छन् भने सेमिफाइनलसम्म पुग्ने दुई जोडीले १५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएको आयोजक जिल्ला ब्याडमिन्टन संघ कालिकोटका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिए। उनका अनुसार जिल्लामा नियमित ब्याडमिन्टन खेल्ने गरे पनि यति ठुलो पुरस्कार राशिको प्रतियोगिता पहिलोपटक भएको अध्यक्ष शाहीलेको भनाई छ ।

ब्याटमिन्टन संघ कालिकोटको आयोजनामा सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जुम्ला र कालिकोटका गरी २१ वटा टिन दर्ता भएको ब्याटमिन्टन संघ कालिकोटले जनाएको छ । खुला ब्याडमिन्टन प्रतियोगिताको शुक्रबार माननीय महेन्द् बहादुर शाहीले उद्घाटन गरेका थिए ।