करेन्ट लागेर दाजुभाइको ज्यान गयो

श्रावण २१, बैतडी – बैतडीमा करेन्ट लागेर दुई दाजुभाइको ज्यान गएको छ । करेन्ट लागेर बैतडीको सुनर्या गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।

मकै नष्ट गर्न थालेपछि जङ्गली बँदेलका लागि थापेको विद्युतीय धरापमा पर्दा बुधबार राति दुवै दाजुभाइलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।