प्रदेश १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

कालीकोट २३ कार्तीक – प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिम प्रदेशमा बाजुराका देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएकाे हाे ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।