कालिकोटका पर्यटकीय क्षेत्रकाे विकास गर्न निजि क्षेत्रमा लगानी भित्र्याउने पहलमा छु: मुख्यमन्त्री शाही

भाद्र,६ कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट जिल्लाकाे लागि निजि क्षेत्रको लागानी भित्र्याउनको लागि पहलमा लागेको बताउनुभयो ।कालिकोटमा पर्यटकीय क्षेत्रकाे विकास गर्न निजि क्षेत्र सँगको साझेदारीमा काम गर्न थालेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयाे ।

शुक्रवार निजि क्षेत्रका केहि लगानीकर्तालाइ लिएर मुख्यमन्त्री शाही कालिकोटको प्रमुख पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा अग्लो पचालझरनाको बेश क्याम्पमा निर्माण भएको होम स्टे, शान्नी त्रिबेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिमा अबस्थित सुथराली विमान स्थल , गौरवको आयोजनाको रुपमा हेरिएको कोटवाडा मान्म केवुलकारको सम्भाव्यताको अध्ययन, प्रसिद्ध धार्मिक स्थल त्रीवेनी पाटन लगायतको चर्चित पर्यटकीय स्थलहरुको अवलोकन गर्नुभएको थियाे।

‘कर्णाली प्रदेश पर्यटकीय क्षेत्रमा धेरै सम्भावना भएको ठाउँ हो त्यसमाथि कालिकोटमा पनि थुप्रै पर्यटकीय स्थलहरु छन् ती पर्यटकीय आयोजनाहरुलाई स्थानीय तह र प्रदेश सरकारले चाहेर मात्रै ती पर्यटकीय क्षेत्रका आयोजनाहरुलाइ पुरा गर्न सक्ने अवस्था छैन त्यसको लागि निजि क्षेत्रको लागानी अनिवार्य छ, ‘मुख्यमन्त्री शाहीले भनुभयाे’

‘ त्यसको लागि प्रदेश सरकारको तर्फबाट निरन्तर छलफल भैरहेको छ हामिले लगानीको आव्हान गरेका छौ निजि क्षेत्र लगानी गर्न तयार छन्,।’ अबको केहि समयमा नै कालिकोटका प्रमुख पर्यटकीय क्षेत्रहरुको विकासका लागि प्रदेश सरकारको अनुमतिमा निजि क्षेत्रहरुले लगानीको काम थाल्ने मुख्यमन्त्री शाहीले बताउनुभयो ।