
सुर्खेत । पत्रकार भनेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूलाई भदौ ३ गते पक्राउ गरेको हो।पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
‘सुर्खेत न्युज-२४’ को पत्रकार भनेर उनीहरूले परिचय दिएको उनले जानकारी दिए। उनीहरूले आफ्नो कम्पनीमा सेयर खुलेको भनेर ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको छ। ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिए।by-dullukhabar



karnalipress
८ भाद्र २०७८, मंगलवार १८:०८