
भाद्र,१७ दाङ – दाङमा बाढीले गाडी बगाउँदा चारजनाको मृत्युभएको छ ।घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरमा दुई दिदी,बहिनीसहित चारजनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनु भयो ।
चालकलाई भने प्रहरीले उद्धार गरेको छ । नेपाल भारतकाे नेपालगंज सीमा नाका रुपैडियाँबाट किनमेल गरेर फर्कदै गर्दा गाडी बाढीले बगाएको थियो । प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हाे।
घटनामा परि घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुवर र घोराही–१३ का ४० वर्षीया रितामाया पुन तथा घोराही–१४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।



karnalipress
१७ भाद्र २०७८, बिहीबार ०९:३५