बिकासका लागि पलातिकान्छा जस्तो डाइनामिक नेतित्व लाई अबसर दिनु पर्छ :लगन मल्ल

नमराज न्यौपाने भाद्र २३,कालिकोट। बिकासका लागि कालिकोट जिल्लाको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छा जस्तो डाइनामिक नेतित्वलाई अबसर दिनुपर्ने राजनैतिक क्षेत्रहरूमा बिकास निर्माणकालागि एक आइडल जन प्रतिनिधिको रुपमा रहेको लगन मल्लले बताय ।

उनले भने अखिल क्रान्तिकारी कालीकोट जिल्लामा रहेका ९ ओटै स्थानीय तहको सम्मेलन सफलताका साथ सम्मपन्न गर्दै एकै दिन तीन संस्था चार पक्की भवनको उद्घघाटन गर्ने कालीकोट जिल्ला पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छा युवाका ढुकढुकी विकासका तारा रहेको बताउनु भयो ।

साथै उहाँको राजनीतिक यात्रा सफलताको सुभकामना दिदै अब आफ्नै पलाता गाउँपालिका भित्र मात्रै विकास नभई सिंगो कालीकोटका सबै स्थानीय तह सम्म विकास निर्माणमा पहल तथा सहयोग गर्नुहुनेछ भन्ने विश्वास आफुलाई रहेको जानकारी दिय।अहिलेको राजनीति हेर्ने हो भने जनतालाई कहिले कता कहिले कता कन्फ्युजन बनाइएको छ त्यसैले हामीले अहिले राजनीति होइन हामीलाई असल राजनितिज्ञ खाँचो छ त्यसैले यो खुबी अध्यक्ष बम संग रहेको जानकारी दिय ।