
भाद्र ३१,कालिकोट।कर्णालीका कृषि मन्त्री कुर्मराज शाहीलाई विवादले पिछा छोडिरहेको छैन । आफ्नै स्वकीय सचिवकी श्रीमतीसँगको अनैतिक सम्वन्ध रहेको र मुछिएका उहाँको अहिले अर्को गाईंगुईं सुरु भएको छ । शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पम्फा शाहीले हिजो आफ्नो टिकटक अकाउन्टबाट एउटा भिडियो पोस्ट भयो।
भिडियोमा कुर्मराज शाहीको तस्बिर प्रयोग गरिएको थियो, र राखिएको थियो रोमान्टिक गीत । एउटा पुलको रेलिङमा बिन्दास पोजमा उभिएका मन्त्री शाहीको तस्बिरमा पम्फाले राखेको गीतको बोल छ, ‘यो मुटुको धड्कन हौ तिमी, मैले फेर्ने हर सासमा छौ तिमी‘’ पम्फाले यो भिडियो पोष्ट गरेसँगै मन्त्री शाही र उनको सम्वन्धलाई लिएर टिकाटिप्पणी सुरु भएको छ ।
विभिन्न किसिमका प्रतिक्रिया आउन थालेपछि उनले भिडियो हटाएकी छन् । यस विषयमा हामीले पम्फासँग कुरा गर्दा उनले त्यो भिडियो आफ्ना छोराछोरीले हालिदिएको दावी गरिन् । ‘मेरो छोराहरुले मोबाइल चलाइरहँदा अंकलको फोटो गएछ, पछि मैले डिलिट गर्न लगाएँ,’ उनले भनिन्, ‘आफूलाई त टिकटक चलाउन समेत आउँदैन ।
पम्फाको परिवार कालिकोटको सदरमुकाम मान्ममा रहेको मन्त्री शाहीको घरमा बस्दै आएको छ । मन्त्री शाही आफू मन्त्री क्वार्टरमा बस्छन् भने उनकी पत्नी शुभकालिका गाउँपालिकामा रहेको अर्को घरमा बस्छिन् । पम्फा भन्छिन्, ‘हो, हामी सपरीवार ४ वर्षदेखि उहाँको घरमा बसिरहेका छौं ।
उहाँको घर नै हाम्रो जिम्मामा छ । उहाँ आएको बेला एउटै भान्सामा खान्छौं । हामी मिलेको देखेर फटाहा मान्छेहरुले पोइल लिन सक्छ भनेछन् । भन्नेले भन्दै गरुन् । हामीबीच नराम्रो सम्वन्ध केही छैन । उहाँले म र मेरो श्रीमानलाई छोरा–बुहारीजस्तो गरेर राख्नुभएको छ । उनले थपिन्, ‘यदि मेरो उहाँसँग त्यस्तो नराम्रो केही थियो भने मलाई परिवारले पनि त भन्थ्यो होला नि । मन्त्री शाहीका भुतपूर्व स्वकीय सचिवले आफूविरुद्ध अफवाह फैलाइरहेको उनको आरोप छ ।साभार-nepalpress



karnalipress
३१ भाद्र २०७८, बिहीबार १८:४३