एक्सनवर्स नेपाल कालीकोटवाट वहिरगमन

असोज १,कालिकोट। तिन वर्ष पहिला देखि काम गदै आयको एक्सनवर्स नेपाल कालीकोटवाट वहिरगमन भएको छ । परियार नियोजन, सुरक्षित गर्भ पन लगायतका क्षेत्रमा काम गदै आएको एक्सनवर्स नेपाल आफ्नो कार्यकाल पूरा गरेर जिल्लावाट वाहिरिएको छ । कालिकोटका साविकका ज्ञछ वटा गाउँबिकास समिति हालका ठ वटा स्थानिय तहमा काम गदै आएको थियो।

सानै उमेरमा हुने बिवाहका कारण असुरक्षित गर्भ पतनका कारण महिलाको ज्यान जाने खतरा वढेकाले सुरक्षित गर्भपतन, परिवार नियोजन, सुरक्षितमातृत्व लगाएका स्वास्थ्य सुधारका क्षेत्रमा काम गदै आयको थियो । अन्तिम अनुगमनका क्रम तिलागुफाको राचुलीमा आयोजित कार्यक्रममा वोल्दै स्वास्थ्य सेवा कार्यलय कालीकोटका निमित्त ब्यवस्थापक डाक्टर रत्नबिर सुनारले जिल्लामा एक्सनवर्स नेपालको काम प्रति आफु निकै खुसि भएको वताउनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी बिष्ट नेपालीले कार्यक्रममा किसोरीहरूको सहभागिता राम्रो भएको भन्दै ब्यवहारमा पनि परिवर्तन देखाउन अनुरोध गर्नुभयो । कार्यक्रम स्वास्थ्य सेवा कार्यलय कालिकोटका जनस्वासथ्य अधिकृत कटक महत, सेतु शाहिले सँस्थाले गरेको काम प्रति स्थानिय सरकारले स्वामित्व लिनु पर्ने धारणा राख्नु भयो ।

तिलागुफा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण चौलागाईले आफुहरूले आगामि दिनमा कार्यक्रमलाई निरन्तरता दिने वताउनुभयो । एक्सनवर्स नेपालका महासचिव सम्झना पौडेल , कार्यक्रम अधिकृत सन्जय चन्द पत्रकार लगायतको वहिरगमन कार्यक्रममा सहभमगिता रहेको थियो ।