
२८ कार्तिक,कालीकोट। कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ को डाँफे माध्यामिक बिद्यालयको दैनिक क्रियाकलाप फेरिदै आएको छ । कुनै वेला कम्जोर शिक्षालयका रुपमा रहेको डाँफेमावि पछिल्लो समय शैक्षिक गुणस्तर सुधारको वाटोमा लम्केको पाईएको छ । बिद्यालयको भौतिक संरचना देखि बिद्यार्थीको आनीवानीमा सुधार ल्याउने अभियान थालेको बिद्यालय प्रशासनले अहिले शैक्षिक सुधारका लागि बिद्यालयमा अतिरिक्त क्रियाकलाप समेत गर्न थालेको छ ।
बिषयगत शिक्षण संगसगै बिद्यालय प्रशासनले साप्ताहिक रुपमा बिभिन्न बिधामा बिद्यार्थीहरुलाई प्रतिस्पर्धा गराउन थालेको बिद्यालय प्रशासनले जनाएको छ ।बिद्यालयका प्रअ हिरामणी सिम्खडाले सिकाई उपलब्धी के हो भनेर थाह नपाउने बिद्यार्थीले बिभिन्न अतिरिक्त क्रियाकलापमा भागलिन थालेको सुनाउनुभयो । म बिधालयमा आएको अव चार वर्ष पुग्दैछ । सुरुमा शिक्षकका रुपमा मात्र सहभागी थिए । पछि सबैको माग र सहमतीमा मलाई प्रशासनको जिम्मेवारी दिएपछि शैक्षिक सुधारको अभियानमा लागेको प्रअ सिम्खडाको भनाई छ । उहाँले बिद्यालयको सिकाई वढाउनका लागि खासै केही ठुलो काम गर्न नपर्ने वताउनुभयो ।
हप्तामा ५ दिन पढाउने र एक दिनमा कक्षागत रुपमा परिक्षा लिने जस्तै एक हप्तामा पढाई भएको पाठवाट मात्र क्रस प्रश्न सोध्ने हो भने बिद्यार्थीमा पढ्ने वानीको बिकास हुने प्रअ सिम्खडाको वुझाई छ । उहाँले आफुले सबै शिक्षक साथीसंगको सल्लाहमा बिभिन्न कार्यक्रम गर्न सुरु गरेको र त्यसमा सबैले साथ दिएपछि पहिलो उपलब्धी बिद्यार्थीको सहभागीता वढेको वताउनुभयो ।
अहिले बिद्यालयमा जति भर्ना छन, ति सबै बिद्यार्थी सहभागी हुने गरेका छन । बिद्यालयका सामाजिक बिषयका शिक्षक शुशिल शाहीले गाउँपालिका भरीको एक बिद्यालय नमुना वनाउने अभियानमा रहेको सुनाउनुभयो । शनिवार समेत कहिले बिद्यालयमै वसेर सिकाई उपलब्धी हासिलका लागि चाहिने बिषयवस्तु तयार गर्ने गरेको सुनाउनुभयो ।
शिक्षक शाहीले सुरुका केही महिना निकै चुनौती भएको भन्दै पछि अबिभावकसंगको अन्तरक्रिया, स्थानीय सरकारसंगको सल्लाह र स्वयम बिद्यार्थीसंगको छलफलले यहाँ सम्म पुगेको सुनाउनुभयो । हाल बिद्यालयमा जति भर्ना छन ति सबै बिद्यार्थी सहभागी हुने गरेका छन । बिहानको कवज देखि साप्ताहिक अतिरिक्तक्रिया कलापमा भाग लिने बिद्यार्थी बिचको प्रतिस्पर्धा छ । यो बिद्यालय प्रशासनको सफल्ता शिक्षकले देख्न थालेका छन ।
दुई दशक देखि बिद्यालयमा लाईन समेत लाग्ने चलन थिएन । साथै हाजिर लगाउने र बिद्यार्थी घर जाने शिक्षक अन्यत्र गएर गफिने चलनले कालीकोटको शैक्षिक गुणस्तर खस्कीदै गएको शैक्षिक सरोकारवालाहरुको समेत गुनासो छ ।
शिक्षा बिकास तथा समन्वय ईकाई कालीकोटका प्रमुख महेशदत्त देवकोटाले सबै जिम्मेवारी स्थानीय सरकारलाई भएकाले कुन बिद्यालयको कस्तो अवस्था भन्ने कुरा उहाँहरुलाई नै जानकारी हुने र चाहिको खण्डमा त्यसको तथ्यांक लिन सकिने वताउनुभयो । शान्नीत्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रवहादुर शाहीले शिक्षा निति वनाउने देखि बिद्यालयको शैक्षिक सुधारका काममा डाँफे माविका प्रअ हिरामणी सिम्खडाको राम्रो भुमिका रहेको कुरा गाउँपालिकामा चल्ने गरेको वताउनुभयो ।



karnalipress
२८ कार्तिक २०७८, आईतवार १८:५१