जहाँ एमाले छ त्यहाँ जनता छन्ः युवा नेता शाही

२५ पुस,कालीकोट।  नेकपा एमाले कालीकोट जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य युवा नेता नगेन्द्र शाही नेश्नलले जहाँ एमाले छ,त्यहाँ जनता रहेको बताएका छन् ।

नेकपा एमाले कालीकोटको दशौ जिल्ला अधिवेशनमा शनिवार सहभागी नेता, कार्यकर्ता र एमाले समर्थकलाई संम्वोधन गदै नेता शाहीले  साे कुरा बताएका हुन।

कालीकोटमा माओवादी र समाजवादी नदिका भंगालोमा तैरिरहेका चेपागाँडाहरुले अव कालीकोटमा फुर्ति नर्गन चेतवनी दिदै उनले भन्ने,डाईनोसोर लोप भए जस्तै कालीकोटबाट यी पार्टी पनि लोप हुने दिन आएको छ ।

प्रतिनिधिहरुलाई सम्बोधन गर्दै युवा नेता शाहीले गाउँमा एकृकित समाज वादीसमुहले कुनै योजना दिएर आफ्नो पार्टीमा प्रवेश गराउने गरेको सुनेकोले यस्तो अराजक  गतिविधि नगर्न सुझाव दिदै त्यस्ता दुई दिने योजनाको पछी नलाग्न एमालेका नेता तथा कार्यक्रताहरुलाई अनुरोध गरे।

नेकपा एमाले कालीकोटको दशौ जिल्ला अधिवेशनमाबाट सबै नेता कार्यक्रर्ताहरुको मनोभावना बुझ्ने नयाँ नेतृन्व आउने बताएका छन्।