कर्णाली जेसीज कालीकोटमा नयाँ नेतृत्व अध्यक्षमाः धर्मराज शाही

पुस २९, कालीकोट। कर्णाली जेसीज कालीकोटको अध्यक्षमा धर्मराज शाही सहितको नयाँ कार्यसमिति चएन भएको छ। बर्ष २०२२ कालागि कर्णाली जेसीज कालिकोट शाखा अध्यक्षमा धर्मराज शाही निर्वाचित भएका छन् । जेसीजमा एक व्यक्ति, एक पदको अवधारणा अनुसार बर्ष २०२२ को नेतृत्व शाहीले गरेका हुन् ।

यस्तै महासचिव हरि प्रसाद पाण्डे,कार्यकारीणी उपाध्यक्ष रोहन बिष्ट,भुमीप्रसाद आचार्य,कोषाध्यक्ष पवन आचार्य,कानुनी सल्लाहकार खगेन्द्र पान्डे,उपाध्यक्ष गणेशमान पाण्डे,धिरज शाही,नन्द मल्ल,दिपेन्द्र पाण्डे  चयन भएका छन् । निर्वतमान अध्यक्ष लक्ष्मण कुमार शाहीले २०२२ का अध्यक्ष धर्मराज शाहीलाई बिहीबार आयोजित कार्यक्रममा जेसीज चेन हस्तान्तरण गरेर पद हस्तान्तरण गरेका हुन् ।