बैशाख ४,कालिकोट। जिल्लाको तिलागुफा नगरपालिका—३ का सबै राजनिति दलले चुनाव प्रचारमा बादबालिकाको प्रयोग नगर्ने प्रतिबद्वता गरेका छन् । नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र, नेपाल मजदुर किसान पार्टि र राप्रपाले आगामि वैशाख ३० गतेको चुनावका लागि आफुहरूले बालबालिकालाई चुनाव प्रचारमा नलगाउने सामुयिक प्रतिबद्वता गरेका हुन ।
सबै राजनिति दलले साझा प्रतिबद्वता गदै १८ वर्ष मुनिका बालबालिकालाई आफ्ना दलका कुनै पनि कनर्षक्रममा सहभागी नगराउने भन्दै हस्ताक्षर समेत गरेका छन । वडा —३ मा नेपाल मजदुर किसान पार्टी सबै भन्दा बलियो छ । नेमिकपाका नगर अध्यक्ष तथा वर्तमान वडा अध्यक्ष सुर्यवहादुर शाहीले वडाको सार्वजनिक सुनुवाई कार्षक्रममा सो प्रस्ताव राखेपछि अरू दलपनि सहमत भएर प्रतिबद्वता गरेका हुन ।
वडा अध्यक्ष शाहीले कर्णालीको तेस्रो कालीकोटको द्रोस्रो स्थानिय वालमैत्रि शासन लागू भएको वडामा बालबालिकालाई कुनै पनि हिन्सा, दमन, दुर्व्यवहार हुने ठाउँमा प्रयोग गर्न नहुने भन्दै त्यो प्रस्ताव राखेका थिए । लामो समय देखि बालबालिकाको क्षेत्रमा काम गरिरहेको किर्डाक नेपालको सहयात्रा द्रोस्रो परियोजनाले वडाको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण गरेको थियो ।
बाल अभियान्ता सरिता खत्रीले वालबिवाह, वालहिन्सा, दुरब्यवहार, यौन हिन्सा जस्ता अपराधलाई रोक्नका लागि समुदाय स्तरमा सेभद चिल्डेनको सहयोगमा किर्डाकले बिगत एक दशकवाट काम गरिरहेको बताए । उनले बालबालिकाको क्षेत्रमा काम गर्दा सुधार पनि भएकाले अब समुदाय थप सक्रिय भईदिन अनुरोध समेत गरे । उनले आफ्नो उद्वेश्य नै बालबालिका बिरोधी हुने सबै गतिबिधिलाई पुर्णरूपमा रोक्ने भएको सुनाए ।
नेपाली काग्रेसका कर्णाली प्रदेश प्रतिनिध तथा प्रतिबद्वता पत्रका हस्ताक्षरकर्ता कलमवहादुर हमालले आफ्नो पार्टीले कुनै पनि वडामा बालबालिकालाई श्रमजन्य काममा नलगाउने बताए । नेकपा एमालेका वडा अध्यक्ष उपेन्द्र वहादुर शाहिले नेकपा एमाले पार्टीले वडालाई वालमैत्रि वडा घोषणा गरेकने दिन देखि वालमैत्रि व्यवहार गर्दै आएको स्मरण गराउदा अझैपनि कुनै पनि राजनिति कार्यक्रममा बालवालिकालाई प्रयोग नगर्ने बताएबा छन् । उनले बरू फुर्षदको समयमा विभिन्न राजनिति दलका दस्तावेज पढन भने एमाले पार्टीले बालबालिकालाई आत्मानिर्णयको अधिकार दिईएको जानकारी दिदै सार्वजनिक सुनुवाई कार्यक्रममा दलका नेताहरूले दिगो बिकासका लागि बालवालिकालाई सँरक्षण भने गर्नु पर्ने प्रतिबद्वता गरेका थिए ।
karnalipress
४ बैशाख २०७९, आईतवार १९:२८