
जेठ ६,कालिकोट। पूर्व पार्टी अध्यक्ष तथा एमालेका कालिकोट जिल्ला इन्चार्ज नगेन्द्र शाही (नेशनल) र एमालेका कर्णाली प्रदेश कमिटी सदस्य रमेश शाहीको वडामा माओवादी केन्द्रका मन तिरुवा विजयी विजयी भएका छन्।
कालिकोटको रास्कोट नगरपालिकाको वडा नम्बर ५मा माओवादीका मन तिरुवाले ३९७ मत ल्याएर वडाध्यक्ष विजयी भएका हुन्। उनका प्रतिदन्दी नेपाली कांग्रेसका दिपराज शाहीले २५० मत ल्याएर प्राजय भएका छन्। यस्तै एमालेका नरजंङ शाहीले २०५ मत ल्याएका छन्।
यो वडा एमालेका श्रीर्ष नेताहरु को वडा हो। २०७९ को स्थानीय चुनावमा आफ्नै वडामा एमालेले विजयी हासिल नगरेको र पार्टीले अपेक्षित नतिजा नल्याएपछि अहिले सामाजिक सञ्जालमा आलोचना भईरहेको छ।
राष्कोट नगरपालिकामा माओवादी केन्द्रका धर्मराज शाही (पोषण)प्रमुख र मनिराज बरालले उपप्रमुखमा अत्यधिक मतका साथ विजयी भएका छन्। ९ वटा वडा रहेको यो नगरपालिकामा नेकपा माओवादी केन्द्रले ७ वटा वडा,एकीकृत समाजवादि १ वडा र ,नेपाली काँग्रेसले १ वटा वडा जितेको छ।



karnalipress
६ जेष्ठ २०७९, शुक्रबार ०७:४६